धुलाबारी क्याम्पसको अध्यक्षमा पुन : भीम खवास
धुलाबारी । मेचीनगर-१० मा सञ्चालित धुलाबारी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा भीम खवास पुन : सर्वसम्मत चयन भएका छन् ।शनिबार क्याम्पसको बार्षिक साधारण सभाले खवासलाई पुन : कार्यकालको नेतृत्व प्रदान गर्दै अन्य समितिका सदस्य हेरफेर गरेको हो ।
समितिको उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण कौशल सिटौला, सुष्मा कार्की डोली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्।
समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयोजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् ।
नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयोजक अधिवक्ता अजय घिमिरेले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर(१५ का वडाध्यक्ष गुणराज भट्टराई , तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पौडेलले गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
