धुलाबारी क्याम्पसको अध्यक्षमा पुन : भीम खवास
धुलाबारी । मेचीनगर-१० मा सञ्चालित धुलाबारी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा भीम खवास पुन : सर्वसम्मत चयन भएका छन् ।शनिबार क्याम्पसको बार्षिक साधारण सभाले खवासलाई पुन : कार्यकालको नेतृत्व प्रदान गर्दै अन्य समितिका सदस्य हेरफेर गरेको हो ।
समितिको उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण कौशल सिटौला, सुष्मा कार्की डोली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्।
समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयोजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् ।
नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयोजक अधिवक्ता अजय घिमिरेले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर(१५ का वडाध्यक्ष गुणराज भट्टराई , तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पौडेलले गरेका थिए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

