कार्यक्षमता अवार्डमा बाहुनडाँगी जेसीजको ह्याट्रिक
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले नेपाल जेसीज हरेक महिना दिने इफिसियन्सी अवार्डमा डबल ह्याट्रिक गरेको छ । बिहीवार नेपाल जेसीजले सार्वजनिक गरेको जुन महिनाको इफिसियन्सी अवार्डमा बाहुण्डाँगीले छैटौं पटक अवार्ड हात पार्दै डबल ह्याट्रिक पुरा गरेको हो ।
जनवरीबाट सुरु भएको २०२४ को कार्यकालमा शाखाले निरन्तर छैटौ पटक यो अवार्ड प्राप्त गरेको अध्यक्ष देवु बानियाँले बताए । नेपाल जेसीजले जुन महिनामा रक्तदान, वृक्षारोपण र नेपाल जेसीजले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु पर्ने लक्ष्य निर्धारण गरेको थियो ।
योसंँगै शाखाले अन्य थप दुई कार्यक्रम सम्पन्न गरेको थियो । ६ महिनामा शाखाले ३९ वटा कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक सामुल रायाले जानकारी दिए ।
४ वर्षसम्मको अनरवत अध्यक्ष बन्ने इच्छा राखेर २०२४ को नेतृत्व लिएका अध्यक्ष बानियाँले नेपाल जेसीजको निरन्तरको अवार्डमा बोर्डका पदाधिकारी, सदस्य, पूर्व अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले यस किसिमका अवार्डले अझ हौसला मिलेको बताए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

