मेचीनगर : तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी
मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्द्रवटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि क्षेत्रको व्यवसायीकरणमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।
नगरले तोरी खेती प्रवर्द्धन गर्न तथा किसानहरूलाई उत्पादनसंग प्रत्यक्ष जोड्न तोरी प्रति एक केजी उत्पादन गर्दा १५ रुपैयाँ अनुदानको व्यवस्था गरिएको मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए । कम्तिमा ५ कठ्ठादेखि बढीमा एक बिगाह जमीनमा तोरी खेती गर्ने किसानहरुलाई अनुदानको रकम भुक्तानी गरिने व्यवस्था अनुसार अहिले ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरी खेती गरेका किसानहरुले धमाधम आफ्नो बैक खाता लिएर आउदै अनुदान रकम लगिरहेको बताए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

