मेचीनगर : तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी

मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्द्रवटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि क्षेत्रको व्यवसायीकरणमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।
नगरले तोरी खेती प्रवर्द्धन गर्न तथा किसानहरूलाई उत्पादनसंग प्रत्यक्ष जोड्न तोरी प्रति एक केजी उत्पादन गर्दा १५ रुपैयाँ अनुदानको व्यवस्था गरिएको मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए । कम्तिमा ५ कठ्ठादेखि बढीमा एक बिगाह जमीनमा तोरी खेती गर्ने किसानहरुलाई अनुदानको रकम भुक्तानी गरिने व्यवस्था अनुसार अहिले ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरी खेती गरेका किसानहरुले धमाधम आफ्नो बैक खाता लिएर आउदै अनुदान रकम लगिरहेको बताए ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...