मेचीनगर एसईई : सामुदायिकतर्फ सरस्वती बाल कल्याणकी युना उत्कृष्ट
मेचीनगर । मेचीनगर–१२ स्थित सरस्वती बाल कल्याणकी युना गौतमले एसईई २०८० मा सामुदायिक विद्यालयतर्फ मेचीनगरबाट उच्चतम जिपीए प्राप्त गरेकी छिन् ।
युनाले ३.८७ जिपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेले बताए । घिमिरेले सामुदायिक विद्यालयबाट युनाले प्राप्त गरेको नतिजा छात्रातर्फ जिल्लामै दोस्रो रहेको दाबी गरे ।
युनाले विज्ञान, सामाजिक र अतिरिक्त गणित बाहेक अन्य ४ विषयमा ४ जिपीए प्राप्त गरेकी छिन् ।
यसअघि सिताराम सामुदायिक अंग्रेजी माविका विराज प्रसाईं ३.९ जिपीएका साथ मेचीनगरमै उच्च र इष्ट होराइजन अंग्रेजी माविकी साक्षी ओझा संस्थागत विद्यालय छात्रातर्फ उच्चतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा देखिएको तथ्याङ्क सार्वजनिक भईसकेको छ ।
मेचीनगरबाट एसईई परीक्षा २०८० मा १७ सामुदायिक र ३८ संस्थागत गरी ५५ वटै विद्यालयको नतिजा विवरण आउने क्रममा
रहेको शिक्षा शाखा मेचीनगरले जानकारी दिएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

