मेचीनगर एसईई : सितारामका विराज र होराइजनकी साक्षी उत्कृष्ट
मेचीनगर । सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् ।
प्रसाईंले ३।९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए ।
त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन् । ४ वटा विषयमा ४ जिपीए ल्याएकी उनले अंग्रेजी, नेपाली र सामाजिक विषयमा ३.६ जिपीए प्राप्त गरेकी छिन् ।
संस्थागत विद्यालयतर्फ समग्र विद्यालयको नतिजा विवरण आउने व्रmममा रहेको मेचीनगर शिक्षा शाखाले जानकारी दिएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
