कुशिकाले प्राप्त गरिन् झापामा एकमात्र ४ जिपीए
मेचीनगर । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् ।
दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले बताए ।
राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र परिक्षार्थी रहेकी छिन् ।
झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् ।
झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने छन् ।
करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न...
मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५...
मेचीनगर । नेपाल जेसीजले क्षेत्र (क) सम्मेलन झापाको...
बिर्तामोड । बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको...
मेचीनगर । पूर्वको सफल उद्योग मात्र होइन नेपाल...
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा...