मोवाइल र मेरो सम्बन्ध विच्छेद :


आजकल अक्सर रातको ११-१२ बजे सम्म पनि सामान्यतया म र म सँग मेरो समाजका हजारौ नौजवान, युवा युवतिको साथ-साथै पाकाहरु पनि समाजाजिक संजाल रमिरहेको भेटिन्छन, विहानीको सुरुवात आखा खोल्न नपाई हातले सबै भन्दा पहिला मोवाइलनै खोज्छ, म र मेरो मोवाइल बीच गहिरो नाता जोडीको छ र मलाई लाग्छ यो नाता अब कसैले टुटाउन सक्दैन | तर हामि बीच यो नाता चै यति सजिलै जोडिएको भने हैन, मैले धेरै जना सँग सम्बन्ध तोडेपछि मात्र मोवाइल सँग सम्बन्ध जोडिएको हो, सुरुमा मैले किताब संगको गहिरो नाता विच्छेद गरे आजकल म किताबको पाना पल्टाउदिन त्यसको सट्टा फेसवुकका पोस्ट र रिल्सहरु पल्टाउछु, अव म सँग किताबको लामा लामा पाना पढ्ने धैर्यता नै छैन मलाई सबै कुरा १५ सेकेन्डको भिडियोमा नै चाहीन्छ र पाइन भने पनि म त्याहाँ आएका अरु सामाग्रीमा नै रमाउछु, मोवाइल सँग नाता जोड्न मैले सामाजिक हुन छोडेको छु अहिले मलाई मेरो घर गाउँ वरपर कस्ता विचार बोकेका मान्छे बसेकाछन भन्ने कुरामा चासो छैन, छिमेकको विहे, पुजा, मरिमराउ हेर्दिन म म हेर्छु त मेरो फोटो/ भिडियोकोको लाइक, कमेन्ट, फ्रेन्डस र फलोअर |
हुन त मलाई मोवाइलले धेरै कुरा सिकाएको पनि छ, अहिले यो देशमा केहि छैन पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मैले यहींबाट सिकेको हो, अस्ट्रेलिया, अमेरिका गएको मान्छेको मात्र समाजमा इज्जत हुन्छ भनेर सिकेको छु, यो देशमा त राजनीति नै खराब छ कहिले प्रगति हुँदैन भन्ने पनि बुझेको छु, हलो चलाउने, पसिना बगाउने, श्रम गर्ने सबै तल्लो तहको काम हो , विदेश गएर मात्र पैसा कमाउनु पर्छ भन्ने पनि बजेको छु यसकोलागि मेरो बाउ बाजेले साचेर राखेको घर जग्गा बैकमा बन्दकी राख्न तयारछु , म घरबाट वाहिर निस्कीदिन तर मलाई थाहा छ यो देशमा अहिले सम्म केहि भएको छैन र केहि हुँदैन, म पासपोर्टको फारम भर्न सिडियो कार्यालय बाहिरको दाई लाई ५०० रुपैया तिर्छु अनि धिकार्छु मेरो देशलाई हामि जस्तो शिक्षितलाई रोजगार दिन सकेन | म हरेक दिन निरासावादी हुँदैछु किनकी मैले हेर्ने मोवाइलको सामाग्रीले मलाई यस्तै देखाएको छ यस्तै सिकाएको छ |
हुन त मैले दुवैमा रहेको मेरो साथीको हालाखर सजिलै बुझ्न पाएको छु, मेरो साथीले वच्चामा नै छोडेर जानु भएको वुवालाई चिन्न पाएको छ, मेरो भाउजुले विहे हुने वितिकै विछोडिनु परेको दाजु सँग सजिलै मनका कुरा साट्न पाउनु भएको छ, मेरो साथीको भाईले अमेरिकाको पढाई यहि बसेर गर्दै छ धेरै जना विधार्थीहरु पार्टटाइम जब घरमै वसेर गर्दै छन, धेरै जनाले आफ्नु प्रतिभा वेच्नेएउटा ठुलो प्लेटफर्म पाएका पनि छन |
तर अरु संगको भन्दा अलि फरक छ मेरो सम्बन्ध, म सिकाइ र उत्पादन मुलक भन्दा पनि मनोरञ्जनको लागी यसको प्रयोग गर्छु जसले मलाई दिन विताउन सजिलो भएको छ, रातभर साथीहरु सँग गफ गर्न आराम भएको छ तर आज सोच्दैछु यसले मेरो जीवन परिवर्तनमा के भूमिका खेलिरहेको छ त ? कितावको पाना पल्टाउदा १० मिनेट मा निर्द्रा आउने मोवाइलमा घन्टौ वितेको पत्तो पनि हुँदैन, मन भारि दिमागमा केहि बोज छ जस्तो जतिवेलै लागी रहन्छ आजकल यसलाई डिप्रेसन पनि भनिन्छ , के मलाई मोवाइलको लत लागेकै हो त ? आखा यो उमेरमै मधुरो देखे जस्तो हुँदैछ अब चाडै चस्मा प्रयोग गर्नु पर्ला के यो असर यसकै हो त ? अनि मेरो यस्तो छ आजकलका नानीहरु त मोवाइल नहेरी खाना खादैनन् , भिडियो बनाउन राम्रो लुगा नकिन्दिए स्कुलनै जादैनन अब यसले हामीलाई कहाँ पुराउछ होला त? यसको अन्तिम विन्दु कहाँ हो ?, यो दुनियामा कसैले बेच्छन अनि कसैले किन्छन, मोवाइलमा म अरुले बेचेको सामानको प्रयोगकर्ता भन्दा अरु केहि हैन, मोवाइलको एउटा युजर, संजालको एउटा युजर, विक्रेताको एउटा गहाक, डेटा कप्पनीको एउटा खरिद कर्ता अनि आफ्नु चै ? त्यसैले आजकल म मोवाइल सँग सम्बन्ध विच्छेद गर्न खोज्दैछु मोवाइलले मलाई हैन मेरो लागी मोवाइल चलाउन खोज्दै छु |