प्रथम मेचीनगर आइडिया हन्ट सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार दुईदिन सञ्चालित मेचीनगर आइडिया हन्टको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले मेचीनगर स्थानीय सरकार युवा प्रति संवेदनशील रहेको बताए । उनले कार्यविधि नै बनाएर युवा लक्षित कार्यक्रम अगाडि बढाउन आफुहरू लागि परिरहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अब नगरपालिकाले अझ प्रभावकारी ढंगले युवाको सक्रिय सहभागीता रहने र नतिजा आउने खालका सीप, ज्ञान र दक्षता अभिबृद्धि गर्ने विभिन्न कार्यक्रम ल्याउने बताए ।
काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रमको पहिलो दिन मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापतिलगायत पदाधिकारी, राजनीतिक दल समर्थक विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिलगायतका उपस्थिति रहेको थियो । उनीहरूलाई विषय विज्ञ विमल राजवंशी र विकास कोईरालाले सहजीकरण गरेका थिए ।
बिहिवार नगरका दुई सयबढी विद्यार्थीको सहभागीतामा कार्यक्रम सञ्चालन हुने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।
बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, हृदय राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर युवा परिषद् अध्यक्ष कृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विवेक खवासदे गरेका थिए । कार्यक्रम सञ्चालन सचिव आयुष्मान निरौलाले गरेका थिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

