काँकरभिट्टा खानेपानी : अध्यक्षमा बुढाथोकी निर्वाचित
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १९९१ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका सन्तोस आचार्यले १८०८ मत प्राप्त गरे । अचार्य भन्दा १८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित भएका निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा एमालेका गाविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी भएक छन् । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार दाहालले १२१९ मत प्राप्त गरेका थिए भने रास्वपाका कृष्ण सुवेदीले ६३० मत प्राप्त गरेका छन् ।
सचिवमा नेपाली काँग्रेसका विशाल तामाङ विजयी भएका छन् । तामाङले १७४५ मत प्राप्त गरेका छन् भने एमालेका÷जसपाका दिलिपजंग सुब्बाले १६६३ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत पाएका छन् ।
कोषाध्यक्षमा एमालेका बिमला तामाङ विजयी भएकी छन्। तामाङले २०६५ मत ल्याएर विजयी हुँदा नेकपा एकिकृत समाजवादीकी विमला देवकोटाले १४६३ मत प्राप्त गरेकी छन् । रास्वपाका सुधादेवी खड्कालाई ३९८ मत प्राप्त भएको छ ।

त्यसैगरी खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिला तर्फ एमालेकी इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी भएको छ । इकाई सदस्यतर्फ वडा नं.२, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधान, वडा नं. ५ र ८ बाट काँग्रेसका केदारजंग भट्टराई वडा नं. ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले विजयी भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा एमालेका सोमराज ढकाल, लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजबंशी विजयी भएको निर्वाचन समितिका संयोजक कार्कीले जानकारी दिए । ।शनिवार सम्पन्न मतदानमा ४ हजार ९ सय १८ मत खसेको निर्वाचन समितिका संयोजक कार्कीले जानकारी दिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

