मेचीनगर ८ : क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु
इटाभट्टा । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ । मेचीनगर ८ वडा अध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न उदघाट्न कार्यक्रममा कार्यपालिका सदस्य कविता मिजारले महिलाहरुको लेखन र प्रस्तुतीकरणको क्षमता विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन ।
तालिम उदघाटन समारोहमा वडा सदस्य बिष्णु भट्टराई र वडा सचिव पवित्रा सुब्बाले वडाका महिलाहरुलाई प्रस्ताव लेख्न, बोल्ने बानीको विकास गराउन तालिम फलदायी हुने विश्वास लिएको बताए । आदर्श माविको सभाहलमा जेठ २० गतेसम्म सञ्चालन हुने तालिममा सोमराज ढकाल, ज्ञानेन्द्र निरौला र सम्झना पोखरेलले सहजिकरण गर्ने बताइएको छ ।
तालिममा ५० जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ । वडा सदस्य मनकुमारी गिरीले स्वागत गरेको कार्यक्रममो सञ्चालन वडा सदस्य कुन्दन निरौलाले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
