मेचीनगर : अत्यधिक गर्मी बढेपछि विद्यालयमा पठनपाठन स्थगित
मेचीनगर। गर्मी अत्यधिक बढेपछि मेचीनगरका विद्यालयको पठनपाठन स्थगित गरिएको छ । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिए ।
“मौसमको अवस्था हेरेर १ दिनलाई बिदा दिइएको हो, भण्डारीले भने- मंगलबार बिदानै छ, अवस्था सामान्य भए बुधबारबाट नियमित पठनपाठन हुनेछ ।” हाललाई दिएको बिदा आउँदो बर्खे बिदाबाट कट्टी गरिने भण्डारीले बताए । पछिल्लो दिनहरुमा झापाको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले...
काँकरभिट्टा । इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको सहयोगार्थ...
मेचीनगर। झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं...