रोट्राक्ट क्लब अफ काँकरभिट्टा : ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान
काँकरभिट्टा । रोट्राक्ट क्लब अफ काँकरभिट्टाले ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टालाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको छ ।
शनिबार एक कार्यक्रमको बीच ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायब निरीक्षक मनमोहन पौडेललाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको हो ।
बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै रोट्राक्ट क्लब अफ काँकरभिट्टाका अध्यक्ष सौभाग्य थापाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले गर्ने चेकिङ्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सडक सुरक्षा उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको बताए ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी पोष्टका इन्चार्ज मनमोहन पौडेलले क्लबले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने उनको भनाइ छ । आगामी दिनमा पनि रोट्रक्ट काँकरभिट्टासँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न आतुर रहेको बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
