काँकरभिट्टा खानेपानीको निर्वाचन : काँग्रेसको नेतृत्वमा ५ दलको मोर्चा
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् ।
बुधबार मेची सामुदायिक हलमा एक कार्यक्रम आयोजना गरेर लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् ।
प्रगतिशील प्यानलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चले गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक प्रगतिशील प्यानलको तर्फबाट अध्यक्षमा रोहित बुढाथोकी, उपाध्यक्षमा राजु दाहाल, सचिवमा विशाल तामाङ, सदस्यहरुमा बिमला देवकोटा, सीता कार्की, पवित्रा तिवारी, पूर्ण योङहाङ लिम्बू, केदारजङ्ग भट्टराइ, इन्द्र प्रधान रहेका छन् ।
अध्यक्षका उम्मेद्वार बुढाथोकी बिभिन्न संघ संस्थामा रहेर कुशलताका साथ कार्य सम्पादन गरिसकेका ब्यक्ति हुन् । उनी यस अघि काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको कार्यसमिति सदस्य समेत थिए । बुढाथोकीले यस अघि पूर्व नेपाल मेची ट्रक ब्यवसायी संघमा दुई कार्यकाल सचिव र १ कार्याकाल अध्यक्ष पदमा तथा रोटरी क्लव अफ काँकरभिट्टाको अध्यक्षको भूमिका समेत कुशलता पूर्वक निर्वाह गरिसकेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार दाहाल महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष समेत हुन । उनले डुबी सकेको सहकारीलाई यतिखेर जीवन दिएका छन् ।
त्यसैगरी सचिव पदका उम्मेद्वार तामाङ समेत यस अधि यातायत क्षेत्रका मजदुर र ब्यवसायीहरुको हितमा काम गरिसकेका ब्यीक्त हुन् ।
प्रगतिशील प्यानलले लेखा संयोजकमा किशोर भण्डारीलाई अघि सारेको छ भने सदस्यमा पत्रकार विकास राउत रहेका छन् । लेखा समितिको थप एक सदस्य भने लोकतान्त्रीक प्यानले पछि थप्ने छ ।
अध्यक्ष पदका उम्मेदवार बुढाथोकी नेपाली काँग्रेबाट हुन भने उपाध्यक्ष पदका उम्मेद्वार दाहाल माओवादी केन्द्रबाट र सचिव पदका उम्मेदवार तामाङ नेपाली काँग्रेसकै हुन ।
नेपाली काँग्रेस मेचीनगर सभापति सुदयकुमार पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति केशवराज पाण्डेले कुन पार्टीबाट कस्को उम्मेद्वारी छ भन्ने कुरालाई विर्सिएर सबैले एक मत भएर सिंगो साझा प्यानललाई मत दिएर विजयी गराउन आग्रह गरे । उनले भने, ‘तपाइहरु अव जेठ २६ सम्म एक ठिक्का भएर लाग्नु होस कुन पार्टीबाट को उम्मेद्वार छ भन्ने भन्दा पनि पार्टी भनेकै साझा प्यानल हो भनेर लाग्नु होस २७ गते विजयी उत्सवमा हाम्रो भेट हुने छ । चुनावी अभियानमा हामी तपाइहरुकै साथमै हुने छौं । ’
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी, नेकपा एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी, नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज माधव अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष विशाल कृष्ण बाँस्तोला, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका सुकवीर लिम्बू लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मेचीनगर सचिव मुकेश लिम्बूले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
