अपाङ्गमैत्री संस्थाले ल्यायो अगरबत्ती बनाउने मेसिन, उत्पादन सुरु
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको अपाङ्गमैत्री सेवा सरोकार संस्था मेचीनगर -१० ले आइतबारदेखि प्रविधिमा फड्को मार्दै मेसिनको प्रयोगबाट उत्पादन सुरु गरेको छ ।
यस अघि आफ्ना चार जाना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट (मेनोल) अगरबत्ती उत्पादन गरि झापाका बिभिन्न बजारमा आफ्नो पहुँच बनाउँदै आएको संस्थाले बजारको मागलाई ख्याल गर्दै मेशिन भित्राएको अध्यक्ष राम बुढाथोकीले बताए । हामीले स्था स्थापनाको दोस्रो वर्षबाटै दुःखका साथ अगरवत्ती उत्पादन सुरु गर्यौ र स्थानीय बजारमा बिक्री गर्दै आएका छौं उनले भने पछिल्लो समय बजारमा अगरबत्तीको माग बढ्न थाल्यो त्यसैले मेचीनगरपालिकासँग अनुरोध गरेर मेसिन गरिद गर्यौ । उनले मेचीनगरपालिकाले मेशीन खरिदको लागि २ लाख अनुदान दिएको बताए ।
इतबार संस्थामा मेशीन आएसँगै स्थानीयहरुको उपस्थितिमा मेसिनको पूजागरी सञ्चालनमा ल्यइएको छ । गुरुले विधिवत रुपमा पुजा सम्पन्न गरेसगै उत्पादन समेत सुरु गरिएको थियो ।

समितिले बिराटनगरबाट अगरबत्ती उत्पादनको लागि कच्चा पदार्थ ल्याउने गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । मेसिनको प्रयोगबाट दैनिका ४५ केजी सम्म अगरवत्ती उत्पादन गर्न सकिने उनले बताए ।
अपाङ्गमैत्री सेवा सरोकार संस्था फरक क्षमता भएको ब्याक्तिहरुको साझा संस्था हो । मेचीनगर १० स्थित ढाटमा रहेको यो संस्था २०७८ सालमा स्थापना भएको थियो । संस्थामा हाल ४० जना सदस्य रहेका छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
