मेचीनगर–७ : वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय साक्षरता र मनो सामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएको थियो ।
मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कार्यक्रम भने आज सम्पन्न भएको हो । वडा नम्बर १ मा प्रशिक्षण कार्यक्रम जारी छ ।
मेचीनगर ७ वडा कार्यालयको सभाहलमा आयोजित समापन कार्यक्रमकी प्रमुख अतिथि मेची नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले पारेको सकारात्मक प्रभाव र बिदेशबाट आएको पैसाको सहि ब्यवस्थापन गर्न नसक्दा त्यसले घर परिवार र समाजमा विकराल समस्या सिर्जना हुने गरेको बताइन् ।

‘बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सको सही सदुपयोग हुन नसक्दा धेरैको पारिवारिक समस्या शिर्जना हुने गरेको छ ।,’ प्रमुख अतिथि उपे्रतीले भनिन्, ‘तपाईहरु तालिममा सिकेका कुराहरुलाई ध्यान दिएर अघि बढ्नु होस, सबै खाले समस्या समाधान हुन्छ ।’ तालिममा सहभागिहरुलाई बैदेशिक रोजगारीमा जाँदा कागजी प्रक्रियामा ध्यान दिनु पर्ने कुराहरु, विदेशबाट प्राप्त रेमिटेन्सको सही ब्यवस्थापन, र मनोपरामर्श लगायतका विषयमा प्रशिक्षण दिएको थियो ।
२१ हप्ता सम्म चलेको तालिममा करिव ९० जना सहभागि थिए । उनीहरुलाई प्रमिला पाठक, र प्रतिभा राईले प्रशिक्षण दिएका थिए । वित्तीय ब्यवस्थापनका बारेमा प्रमिला पाठक ले र मनोसामाजिक परामर्श प्रतिभा राईले प्रशिक्षण दिएकी थिइन् ।
वडानम्बर ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष ओलीले सिकेको शिपलाई ब्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा सहभागिहरुलाई ब्यवसायिक तालिम समेत प्रदान गरिएको थियो । समापन कार्यक्रममा सहभागिका तर्फबाट बविता मैनाली, ज्योती खरेल लगायतले कार्यक्रम प्रभावकारी भएको अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सामीका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
