मेचीनगर–७ : सय बढी जेष्ठ नागरिकलाई सम्मान
इटाभट्टा । मेचीनगर–७ का सय बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । पचासी बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई शनिवार एक कार्यक्रको आयोजना गरि सम्मान गरिएको हो ।
सरस्वती प्राध्यमकि विद्यालयमा जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने नाराका साथ मेचीनगर–७ जेष्ठ नागरिक समितिले जेष्ठ नागरिक सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रको आयोजना गरेको हो ।
कार्यक्रममा मेचीनगर–७ का वडासदस्यलाई उत्कृष्ट जनप्रतिनिधिको रुपमा सम्मान गरिएको थियो । वडासदस्य पुनलाल राजवंशी र मीनमाया लिम्वुलाई सम्मान गरिएको हो ।
कार्यक्रमा प्रमुख अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले जेष्ठ नागरिकलाई खादा लगाएर सम्मान गरेका थिए । समितिको आजिवन सदस्य लिने जेष्ठ नागरिकलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
जेष्ठ नागरिक समिति मेचीनगर–७ का सचिव अमर परियारले सञ्चालन गरेको कार्यक्रममा स्वागत राम प्रसाद दुंगेलले गरेका थिए । समितिका अध्यक्ष पिताम्वर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
