मेचीनगर–७ : सय बढी जेष्ठ नागरिकलाई सम्मान

इटाभट्टा । मेचीनगर–७ का सय बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । पचासी बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई शनिवार एक कार्यक्रको आयोजना गरि सम्मान गरिएको हो ।
सरस्वती प्राध्यमकि विद्यालयमा जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने नाराका साथ मेचीनगर–७ जेष्ठ नागरिक समितिले जेष्ठ नागरिक सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रको आयोजना गरेको हो ।
कार्यक्रममा मेचीनगर–७ का वडासदस्यलाई उत्कृष्ट जनप्रतिनिधिको रुपमा सम्मान गरिएको थियो । वडासदस्य पुनलाल राजवंशी र मीनमाया लिम्वुलाई सम्मान गरिएको हो ।
कार्यक्रमा प्रमुख अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले जेष्ठ नागरिकलाई खादा लगाएर सम्मान गरेका थिए । समितिको आजिवन सदस्य लिने जेष्ठ नागरिकलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
जेष्ठ नागरिक समिति मेचीनगर–७ का सचिव अमर परियारले सञ्चालन गरेको कार्यक्रममा स्वागत राम प्रसाद दुंगेलले गरेका थिए । समितिका अध्यक्ष पिताम्वर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...