चाइनामा जारी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वडाध्यक्ष सुब्बा तेस्रो स्थानमा
झापा । चाइनामा जारी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गरेको छ । नेपालका लागि तेक्वान्दो संघ झापाका अध्यक्ष एबम् मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बा प्रतियोगितामा सहभागिता जनाउँदै तेस्रो स्थाल हासिल गरेका हुन् ।
१९ वटा देशबाट सहभागी खेलाडीलाई पाखा लगाउँदै अध्यक्ष सुब्बाले तेस्रो स्थान ओघट्न सफल भएका हुन् । नेपालबाट ४० वर्ष माथि उमेर समुहमा प्रतिनिधित्व गर्दै अध्यक्ष सुब्बाले तेक्वान्दोको ञपुम्सेझ प्रदर्शन तथा प्रस्तुति गरेका थिए ।

उक्त प्रस्तुतिपछि सहभागी १९ देशका खेलाडीमध्ये मलेसियाले प्रथम स्थानमा सफलता प्राप्त गरेको थियो । त्यस्तै चाइनाले दोस्रो स्थान हासिल गर्यो भने नेपालले तेस्रो स्थानमा सफलता प्राप्त गरेको हो । अध्यक्ष सुब्बालाई मेडसहित प्रमाणपत्रद्वारा पुरस्कृत एबम् सम्मान गरिएको थियो ।
अध्यक्ष सुब्बाले विभिन्न समयमा १८ वटा देशमा आयोजित तेक्वान्दो प्रतियोगितामा भाग लिईसकेका छन् भने थाइल्यान्डमा गोल्डमेडल प्राप्त गरिसकेका छन् ।
२०५४ सालमा ब्ल्याक बेल्ट प्राप्त गरेका सुब्बाले खेलाडी जीवनसँगै प्रशिक्षक हुँदै खेलबाटै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सुब्बा २०४८ सालदेखि निरन्तर तेक्वान्दो खेलको प्रशिक्षकको रुपमा भुमिका निभाउँदै आएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
