स्व जंग बहादूर थापा स्मृति टेबल टेनिस प्रतियोगिता सम्पन्न

धुलावारी । हिमालयन अंग्रेजी माध्यमिक विद्यालय क मेचीनगर– ९, धुलावारीमा नक–आउट टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
हिमालयन अंग्रेजी माध्यमिक विद्यालयको प्रायोजन तथा जेनियम युवा क्लबको आयोजनामा स्व. जंग बहादू थापा स्मृति नक–आउट टेबल टेनिस प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।
मेचीनगरका ५२ प्रतियोगी सहभागी भएको उक्त प्रतियोगितामा नमन श्रेष्ठ विजेता वनेका छन् । उपविजेता अमन भुकानिया बन्न सफल भएका छन् । बिजेतालाई नगद रु १० हजार ट्रफी तथा मेडल तथा उपविजेतालाई नगद रु ५ हजार ट्रफी तथा मेडल प्रदान गरिएको छ । स्व. जंग बहादुर थापाका ज्येष्ठ सुपुत्र मणिराज थापा विद्यालयका निर्देशक धनराज थापा तथा प्रध्यानाध्यापक कमल नेपालले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
नेपाल कराते महासंपका केन्द्रिय सदस्य मिलनराज प्रसाई प्रमुख अतिथ्यता तथा जेनियम युवा क्लवका कार्यवाहक अध्यक्ष लक्ष्मण मानियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन हिमालयन अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा प्रियंका महराईले गरेकी थिइन् ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...