मेचीनगर -४ : भिरपाखा रिसोर्ट एण्ड फनपार्क सञ्चालनमा
मेचीनगर। नयाँ वर्ष २०८१ को अवसर पारेर झापाको मेचीनगर नगरपालिका वडा नम्बर-४ मा भिरपाखा रिसोर्ट एण्ड फनपार्क सञ्चालनमा आउने भएको छ। हात्ती रिसोर्ट नजिकै रहेको उक्त रिसोर्ट नयाँ बर्षबाट सञ्चालनमा आउने भएको हो ।
बाहुनडाँगीका युवा व्यवसायी राजेश बासकोटाले सञ्चालन गरेको उक्त रिसोर्टमा बैशाख १ गते नयाँ बर्षका दिन दिउँसो ४ बजेदेखि “अरेली काँडैले” गीतकी चर्चित गायिका शान्ति श्री परियारको सांगीतिक प्रस्तुति रहनेछ भने नयाँ वर्ष विशेष स्थानीय कलाकार तथा ब्यान्डहरुको समेत सहभागीता रहने सञ्चालक बास्कोटाले जानकारी दिए।
फनपार्क पुर्णरुपमा सञ्चालनमा आइसक्दा झन्डै १२ करोड लगानी लाग्ने र हाल साँडे पाँच करोड रुपैयाँ खर्च भैसकेको समेत उनले बताए । रिसोर्टमा विभिन्न आकर्षक वस्तु तथा कलाले सजावट गरिएको छ भने ससाना केटाकेटीहरुका लागि मनोरञ्जनात्मक खेलकुद सामाग्रीहरु राखिएको छ।
रिसोर्टमा पार्टी हल, सुविधासम्पन्न कोठाहरु, रेस्टुरेन्ट एण्ड बार, स्विमिङ पुल, लगायतका सुविधा रहेको छ। यस्तै उक्त रिसोर्टमा पाक्ने हरेक खानेकुराहरु स्थानीय स्तरमै उत्पादन हुने सञ्चालक बास्कोटालेलाई जानकारी दिए। बास्कोटाका अनुसार , तरकारी खेती देखि कुखुरा , खसी पालन समेत भैरहेको र माछा समेत रिसोर्टमा नै पालिने गरिको तयारी रहेको छ । बास्कोटाले यसअघि नै गाई फारम सञ्चालन गरिरहेका छन्।

वैदेशिक रोजगारबाट फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ व्यवसाय सञ्चालन गरेका बास्कोटाले रिसोर्टमा हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारी पाइरहेको र रिसोर्ट पुर्ण रुपमा सञ्चालनमा आएपछि धेरैले रोजगारी पाउने बताए ।
राज्यले स्वदेशमा केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीहरुलाई विभिन्न कठिनाईमा पार्ने काम गरेको र यसमा राज्य गम्भीर भए मात्रै व्यवसायीहरुले थप लगानी गरेर रोजगारी सिर्जना गर्न सकिने उनले बताए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
