सयौंको सहभागितामा भानु सहकारीको स्वास्थ्य शिविर र रक्तदान
धुलाबारी। भानु बहुमुखी सहकारी संस्थाले आज व्यापक सहभागिताका साथ रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।
वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गरेको कार्यक्रममा वरिष्ठ फिजिसियन चिकित्सक डा.पिताम्बर ठाकुर, डा.पोषणरमण त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान तथा स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर, ठाकुर पोलिक्लिनिक बिर्तामोड र आम्दा मेची अस्पतालको प्राविधिक सहयोग रहको थियो ।

स्वास्थ्य शिविरमा डाक्टरहरु पिताम्बर ठाकुर र पोषणरमण त्रिपाठी लगायतले विरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए । शिविरमा ईसीजी, ब्लड टेष्ट, ल्याव टेष्ट लगायतका सेवा तथा औषधिहरु पनि निःशुल्क प्रदान गरिएको संस्थाले जनाएको छ ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
