झापा नेसनलले विद्यार्थीको शैक्षिक लेभल जाँच्ने
मेचीनगर । इटाभट्टाको झापा नेसनल स्कुलले विद्यार्थीको पठन क्षमता मापन गर्ने भएको छ। चैत २५ देखि वैशाखभर स्कुलले आफ्नै परिसरमा कार्यक्रम राखी पठन क्षमता मापन गर्ने भएको हो।
‘आफ्ना नानीबाबुहरुको पठन क्षमता कति छ भनेर अभिभावकलाई थाहा नहुन सक्छु,’ स्कुलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रिन्सिपल कमल भेटवालले भने–‘जुन स्कुलमा पढेका भए पनि ल्याउँदा हुन्छ । कुनै शुल्क लाग्दैन। हामी रिसर्च बेसमा उनीहरुको ज्ञानको लेभल पत्ता लगाइदिन्छौं ।’
स्कुलले यसलाई ‘एकाडेमिक लेभल इन्डिकेटर’ कार्यक्रम गर्ने भनेको छ। कक्षा अनुसारको लेभल छुट्याइने र लेभल बढाउन परामर्श दिइने उनले बताए।

स्कुलले चैत २५ देखि ३० गतेसम्म ‘होलिडे फुटबल क्याम्प’ संचालन गर्ने जनाएको छ। एन्फाका प्रशिक्षकद्वारा १४ वर्ष मुनिका इच्छुक विद्यार्थीलाई क्याम्पमा सहभागी बनाएर फुटवल प्रशिक्षण प्रदान गरिने उनले बताए । यो प्रशिक्षणमा सहभागी हुन शुल्क नलाग्ने उनको भनाई छ।
प्ले ग्रुपदेखि कक्षा ४ सम्म ‘बुकलेस’ पठनपाठन सुरु गरिएको र कक्षा ३ देखि रोबोटिक तथा कोडिङ शिक्षा थालनी गरिएको प्रिन्सिपल भेटुवालले जानकारी दिए ।

मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...


