एनएमसीलाई सरकारको सम्मान
झापा । दुधमा आत्म निर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाल सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) लाई गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी दुधलाई आत्म निर्भर बनाउने अभियानमा सहकारीको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्म निर्भर भएको घोषणा’ कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरे ।
मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले बैंकिङसँगै, एनएमसी डेरी एकिकृत नमुना कृषि फार्म जस्ता महत्वपूर्ण व्यवसायमार्फत आम मानिसलाई सेवा दिंदै आइरहेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
