सिदार्थकाे क्यान्सर उपचारमा सहयाेग गर्न अपिल
मेचीनगर । मेचीनगर-६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ । प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेको हो ।
नेपाल बैँक लिमिटेड काँकरभिट्टा शाखाका कर्मचारी दिपेन बरालले भारतको भेलोर स्थित सीएमसीमा बोन म्यारो क्यान्सरको उपचार भइरहेको बताए । उनले अहिलेसम्म उपचारमा २३ लाख खर्च भइसकेको बताए । अस्पतालका चिकित्सकका अनुसार १५ दिनभित्र ४२ लाख भारतीय रूपैयाँ जम्मा गरे मात्र प्रारम्भिक उपचार गर्न सकिने बताएको उनको भनाई छ ।
बाबुको ६ महिनाको उपचार गर्न करिव नेपाली १ करोड रूपैयाँ खर्च लाग्ने उनले बताए । ‘बिर्तामोडमा रहेको १३ धुर जग्गा विक्रीमा छ’ बरालले भने-‘जग्गा विक्री नभएको कारण थप समस्यामा छु । तत्काल बाबुको उपचार गर्न पैसा नभएकोले सबैसँग सहयोगको अपेक्षा गरेको छु ।’
स्थानीय समाजसेवी सागर शिवाकोटीको संयोजकत्वमा सिदार्थ बाबू उपचार सहयोग समिति बनाएर अभियान सुरू गरिएको छ । समितिमा मेचीनगरका समाजसेवी युवाहरू राजु कार्की, हरि तिम्सिना, विजय डालमिया, रविन्द्र पाठक, गोपाल वस्नेत, रूपसागर अधिकारी लगायत रहेका छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
