झापा ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउँछन् अवैध रकम

झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ ।
प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ ।
जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेका छन् । यस बिषयमा उनीहरूसँग बुझ्दा जिल्लाले रकम असुली गर्न दायित्व दिएका कारण आफुहरू मिलाएर रकम असुल्ने गरेको स्विकार्छन ।
विशेष श्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालय तथा हाकिमलाई काँकरभिट्टा ट्राफिक पोष्ट २५ हजार, चारआली ट्राफिक २० हजार, नयाँ बसपार्क विर्तामोड ट्राफिक १५ हजार, बुधबारे ट्राफिक ३० हजार, लक्ष्मीपुर ट्राफिक १५ हजार, सुरूङ्गा ट्राफिक २० हजार, केर्खा ट्राफिक १५ हजार, दमक ट्राफिक १५ हजार र गौरादह ट्राफिक पोष्टले १५ हजार मासिक अवैध रकम असुलेर बुझाउनुपर्ने बुझिएको छ ।
प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ ट्राफिक प्रहरीले असुल्ने गरेको पाइएको छ । जिल्ला भरका टिपरबाट पनि ट्राफिक प्रहरीले मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ । त्यस्तै साना तथा ठुलठुला सवारी साधानहरूबाट समेत ट्राफिक प्रहरीले विभिन्न बहानामा रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...