मेचीनगर : नदी उत्खननको निरीक्षण
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खननको निरीक्षण गरेका छन् । आइतबार बिहान नगरप्रमुख बुढाथोकीले मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालसहित मेचीनगर क्षेत्रमा पर्ने निन्दा र टिमाई खोलाको निरीक्षण गरेका हुन् ।
मेचीनगरले करिब एक महिनाअघि मात्रै नदिजन्य पदार्थ उत्खनन् (ढुङ्गा, गिटी बालुवा) ठेक्का लगाएको थियो । नदिजन्य पदार्थ उत्खनन् गर्दा जनतालाई सिँचाई लगायतका समस्याहरू नआउन र मापदण्डअनुसार नै नदिजन्य पदार्थ उत्खनन होस् भन्नका लागि निरीक्षण गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

त्यस्तै निन्दा र टिमाई खोलाको निरीक्षणका क्रममा अहिले समस्या नदेखिएको भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल बताउँछन् । उनले आगामी दिनमा पनि समस्या नआउने गरि कार्य गर्न ठेकेदारलाई सुझाव दिएको बताए ।
करिब १ महिनाअघि निन्दा खोला कर बाहेक १ करोड ३० लाख ६० हजार घनमिटर र २२ दिनअघि टिमाई खोला कर बाहेक ४५ लाखमा २१ हजार घनमिटर उत्खनन् गर्ने गरी ठेक्का लागेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
