स्पोर्टस् मेनिया : एथलेटिक्सतर्फ मेचीनगर-१० प्रथम

मेचीनगर । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलो पटक सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा एथलेटिक्स तर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ । नगरको पन्द्रवटै वडा सम्मेलीत प्रतियोगितामा १४ स्वर्णसहित मेचीनगर १० प्रथम भएको हो ।
प्रतियोगितामा ८ अंक सहित मेचीनगर-९ दोस्रो भएको छ । उसले २ स्वर्ण, ४ कास्य र २ रजत गरी जम्मा ८ वटा पदक प्राप्त गर्यो । त्यस्तै मेचीनगर-३ र १५ ले समान ११ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्यो । मेचीनगर-३ र १५ ले समान १ स्वर्ण, ६ कास्य र ४ रजत सहित ११ पदक प्राप्त गर्यो ।
मेचीनगर स्पोर्टस मेनिया २०८० मा एथलेटिक्ससहित फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, रबक्सिङका खेलहरू सञ्चालन भइरहेको मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले जानकारी दिए ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...