घैलाडुब्बा मन्दिरमा भक्तजनको घुइचो (फोटो फिचर)
मेचीनगर । मेचीनगर–५ र ८ मा रहेको घैलाडुब्बा मन्दिरमा भक्तजनको घुइचो लागेको छ । महाशिवरात्रीका अवसरमा घैलाडुब्बा मन्दिरमा भक्तजनको घुइचो लागेको हो ।
घैलाडुब्बा मन्दिर तथा पातालगंगा धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको यो क्षेत्रमा शिवरात्रीको अवसरमा बिषेश मेला लागेको हो । यो वर्ष मन्दिर व्यवस्थापन समितिले सक्रियता देखाउदा मेला भव्यरुपमा सम्पन हुदैछ ।

धार्मिक इतिहास अनुसार अर्जुनले गौचरणमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमीनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ती रहिआएको छ । जहाँ अहिले पनि बाह्रैमास पानी निस्किरहन्छ । धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख/बिराम हँुदा मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरु आउने गरेका छन् ।

पातालगंगा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले यो क्षेत्रलाई सुन्दरता थपेको छ ।

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

