काँकरभिट्टा खानेपानी निर्वाचन : पराजुलीको नेतृत्वमा एमाले र राप्रपासँगै
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र राप्रपा नेपालको तर्फबाट साझा उम्मेद्वारको नामावली प्रकाशन गरिएको छ । निर्वाचन परिचालन समिति संयोजक देवकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सबिना बजगाईंद्वारा संयुक्तरुपमा हस्ताक्षरीत विज्ञप्तीमा नेकपा एमाले र राप्रपाको तर्फबाट साझा उम्मेद्वारको टुंगो लगाएको हो ।
विज्ञप्तीमा नेकपा ९एमाले० मेचीनगर र राप्रपा नेपाल मेचीनगरको तर्फबाट समर्थन गर्दै साझा उम्मेद्वारको रूपमा प्रस्तुत गरिएको जनाइएको छ । साझा उम्मेदवारको अध्यक्षमा यसअघि सचिव रहेका राजकुमार पराजुलीलाई पठाउने निणर्य गरेको छ । उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला, कोषाध्यक्षमा हेमा सिटौला तय गरेको छ ।
त्यस्तै महिला सदस्यमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्लेलाई पठाएको छ । लेखा समिति संयोजकमा जीवन थापा, सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार ‘नारायण’ रहेका छन् । काँकरभिट्टा खानेपानीको निर्वाचन आउदो चैत २१ गते शनिबार हुँदैछ ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
