धुलाबारीमा इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुँदै
धुलाबारी । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ ।
धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु देखाइने प्रिन्सिपल ई. रुद्र मैनालीले बताए।
उनका अनुसार प्रदर्शनीमा मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा विद्यार्थीको दश वटा समूहले फरक प्रस्तुति राख्नेछन् ।
सिभिल इन्जिनियरिङ विभागका शिक्षक सागर बुढाथोकीका अनुसार कार्यक्रममा स्मार्ट सिटी, पुल, टनेल आदिको नयाँ मोडेलहरु राखिने छन् । विद्यार्थीहरुले बनाएको नमुना रिमोटवाला गाडी र पोलुसन रिडक्सन मोडेल पनि प्रदर्शनीमा राखिने भएको छ ।
मेचीनगरको एक मात्र प्राविधिक शिक्षालयको रुपमा रहेको यस इन्स्टिच्यूटमा हाल १३८ विद्यार्थी अध्ययनरत् छन् । प्रदर्शनीले विद्यार्थी तथा अभिभावकहरुलाई आँगनमै रहेको कलेजमा विश्वस्तरीय प्राविधिक विषयमा गुणस्तरीय पठनपाठन भइरहेको र पढ्नका लागि ठूलो धनराशी खर्चेर विदेश गइरहनु नपर्ने सन्देश प्रवाहित हुने आशा गरिएको प्रशासन प्रमुख पुष्प पौडेलले बताए ।
मेचीनगर र त्यसभन्दा बाहिरका विद्यालयका विद्यार्थीहरुलाई प्रदर्शनीको अवलोकनका लागि आउन इन्स्टिच्युटले आग्रह गरेको छ ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

