कन्भेन्ट इङ्लिस स्कूलको स्पाेर्ट मीट, उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान
धुलाबारी । धुलाबारी स्थित कन्भेन्ट इङ्लिस स्कुलले वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । माघ २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रममा विद्यालयले दौड, व्याडमिन्टन, टीटी, भलिवल, कवडी, फूटबल लगायतका खेल सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीको सभापत्वि तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले बिभिन्न खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफी प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भण्डारी, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, हिमालयन इङ्लिस एकाडेमीका कोअर्डिनेटर भाष्कर निरौला, इङ्लिस स्कुललका पिटिए अध्यक्ष परेश राजवंशी लगायतले बोलेका थिए ।

समापन कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, चियर लिडिङ नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
विद्यालयले २३ वटा इभेन्टमा रिले सम्पन्न गरेको थियो । रिले खेलमामा रनिङरेश, मेमोरी रेश, म्याथमेटिक रेश, चकलेट रेश लगायतका खेल सम्पन्न भए ।
कक्षा ७ देखि १० सम्मको छात्र कवडी खेलमा हरि राजवंशी प्रथम भए, कक्षा ३ देखि ६ सम्मको छात्र फूटवल खेलमा अर्पण मेचेको टिम प्रथम भयो । त्यसैगरी टिटी तर्फ कक्षा १० का दर्शन शाक्य प्रथम भए । कक्षा ७ देखि १० सम्मको छात्र भलिवमा कृष, कुमार विजयी भए ।
कक्षा ७ देखि १० सम्मको छात्रा व्याड्मिन्टनमा कक्षा ९की आहाना सुवेदी प्रथम भइन् । विजेटा सबै खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले ट्रफी प्रदान गरेका थिए ।
कक्षा ५ का आरोग्य नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका मुना श्रेष्ठले गरेकी थिइन् । खेलकुद कार्यक्रमलाई सफल पार्न खेल शिक्षकहरु प्रतिभा कार्की र विवेक क्षेत्रीले महत्वपूर्ण भूमिका निर्वाहा गरेका थिए ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
