मेचीनगर–७ : अतिविपन्न परिवारलाई ब्ल्याङ्केट वितरण
मेचीनगर । मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
मेचीनगर-७ वडा कार्यालयको समन्वयमा मारवाडी सेवा समिति काँकरभिट्टाले सोमबार मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो ।
मेचीनगर-७ वडा कार्यालयको समन्वयमा समितिले अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरेको वडाले जनाएको छ । मारवाडी सेवा समितिका अध्यक्ष रोशनलाल अग्रवाको सभापतित्व तथा मेचीनगर ७ का वाध्यक्ष प्रहलादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले विपन्न परवारलाई जाडोमा जीवन जिउन कठिन भइरहेकोवेला मारवाडी सेवा समितिले न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेर पुन्यको काम गरेको बताए ।
ब्ल्याङ्केट पाउँदा विपन्न परिवार उत्साहित बनेका थिए । विपन्न परिवारको छनौटमा टोल विकास समितिले संयोजनको भूमिका निर्वाह गरेर पारदर्शी ढंगबाट ब्ल्याङ्केट वितरण गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य अर्जन कार्की, पुनलाल राजवंशी, मिनमाया लिम्बू, टोल अध्यक्षहरु पीताम्बर शर्मा पौडेल, विष्णु भेट्टवाललगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...


