ओसियानिक निर्वाणा : ब्यवहारिक र बैज्ञानिक शिक्षामा जोड
बाहुनडाँगी । मेचीनगर – २ स्थित ओसियानिक निर्वाणा एजुकेशन फाउण्डेशनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैज्ञानिक र व्यवहारिक शिप सम्बन्धी प्रशिक्षण दिन थालेको छ । ‘हाम्रो संसकृति हाम्रो सम्पत्ती, संस्कृतिको संरक्षण हाम्रो दायित्व’ भन्ने उद्देश्यका साथ विद्यालयले पढाईका साथै व्यवहारिक बिभिन्न शिपको ज्ञान प्रदान गरिरहेको विद्यालयका प्रिन्सिपल पदम रुचालले बताए ।

कितावी ज्ञानले मात्र जीवन सार्थक बन्दैन प्रिन्सिल रुचालले भने, ‘हामी नानिहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी बैज्ञानिक र व्यवहारिक शिप सिकाएर दक्ष बनाउने छौं ।’ सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले हाल बिभिन्न किसिमका इलेक्ट्रोनिक्स आइटमहरु बनाउन थालेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्र रोमित राईले हाल इलेक्टोनिक चिल्लीकटर र विधुतीय खेल सामाग्री निर्माण गरिसकेका छन् । विद्यालयले विद्याथीहरुलाई बिभिन्न सिप सिकाउँदै नानिहरुलाई प्रतिष्पर्धामा समेत उतार्न थालेको छ ।

विद्यालयले हालै छात्राहरुलाई सिलम सक्मा सम्बन्धी प्रतियोगितानै गराएको थियो । अनलाइन प्रतियोगितामा लाइक कमेन्ट र शेयरका आधारमा विद्यार्थीलाई उत्कृष्ट गरियो । सो प्रतियोगितामा अंकिता कार्की प्रथाम भइन । उनले २७३७ पोइन्ट ल्याउन सफल भइन् । विद्यालयले उनलाई पुरस्कृत समेत गरेको छ । विद्यालयले विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा टाटी बुन्न, तथा कृषि सम्बन्धी ज्ञान समेत प्रदान गर्दै आएको छ ।


मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...