थ्री-डी युथ ग्रुप मेचीनगरद्वारा विभिन्न व्यक्तित्व सम्मानित
मेचीनगर । मेचीनगरमा रहेको थ्री-डी युथ ग्रुपले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
थ्री-डीले आफ्नो संस्थाका सदस्यहरू जिल्ला तथा मेचीनगरका विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका डेनु मगर, भोजराज पराजुली, देबु बानियाँ र पवन बराईलीलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
थ्री-डीले सम्मान गरेका युवा नेतृत्वमा नेपाल पशुपंक्षी औंषधि व्यवसायी संघ मेची शाखा उपाध्यक्ष डेनु मगर, चारआली जेसिस बर्ष २४ का अध्यक्ष भोजराज पराजुली, बाहुण्डाँगी जेसिस बर्ष २४ का अध्यक्ष देबु बानियाँ र उपाध्यक्ष पवन बराईलीलाई सम्मानसहित बधाई तथा शुभकामना प्रदान गरेको छ । सोही कार्यक्रममा संस्थाका उपाध्यक्ष विशाल कार्कीको जन्मोत्सव समेत मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक सन्तोष आचार्यले पछिल्लो समय युवापुस्ता पलायन भइरहेको अवस्थामा थ्री-डीले समाजमा युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताए ।
त्यस्तै थ्री-डी का अध्यक्ष रघुनाथ धिमालले सानू सपना बुनेर मेचीनगरका विभिन्न क्षेत्रका युवा जोडिएको संस्थामा अहिले संस्थाका पदाधिकारीहरू अन्य संघसंस्थाको नेतृत्व सम्हाल्न सक्षम हुन पाउनु थ्री-डी काे सफलता रहेको बताए ।
थ्री-डी मेचीनगर अध्यक्ष रघुनाथ धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक सन्तोष आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वसंगै संस्थाका सचिव सन्तोष धमला, कोषाध्यक्ष मञ्जु चिमरीया, सदस्य सरोज मेहेरालगायतको सहभागीता रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
