आजबाट ‘प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु

मेचीनगर । मेचीनगर-७ मा आजबाट ‘प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु भएको छ । पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउने बताइन् ।
अहिले युवापुस्तामा विद्यमान बन्दै गइरहेको लागुऔषध दुव्र्यशनी निर्मुल पार्न पनि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले सबैलाई खेलकुदसंग जोड्नुपर्ने बताइन् । साथै उनले स्थानीय सरकारको तर्फबाट खेलकुख क्षेत्रलाई प्राथमिकतामा राखेर अगाढी बढीरहेको बताइन् ।
कार्यक्रममा त्यस्तै मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले वडामा हुने यी र यस्ता प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरण मिल्ने गरेको बताए । उनले वडाले आफ्नो क्षेत्रमा हुने सबै खेललाई प्राथमिकतामा राखेर अगाडी बढीरहेको बताए । सञ्जय मेचेको अध्यक्षतामा आयोजना भएको प्रतियोगिताको उद्घाटन शत्रमा स्वागत रविनशन थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन अभिषेक सार्कीले गरेका थिए ।
त्यस्तै आज भएको प्रतियोगिको उद्घाटन खेलमा आयोजक युवा क्लब जोरसिमल विजयी भएको छ । आयोजकले मोहनकित्ता फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । जितका लागि आयोजकको तर्फबाट बिकास दनुवारले खेलको दोस्रो हाफको २०औं मिनेटमा गोल गरेका थिए । आजको खेलको मेन अफ दी म्याच युवा क्लब जोरसिमल का बिकास दनुवार घोषित भए । उनलाई मेचीनगर युवा परिषद् उपाध्यक्ष विवेक खवासले वितरण गरेका थिए ।
मेचीनगरको विभिन्न क्लबसहित अन्य क्षेत्रका ११ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले पनि ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा बेष्ट डिफेन्डर, बेष्ट गोल किपर, राइजिङ प्लेयर, मेन अफ द टुर्नामेन्टलगायतका व्यक्तिगत विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने छ ।

झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी...

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...