मेचीनगर–४ : मानव–हात्ती द्धन्द न्यूनिकरण लागि इन्डो–नेपाल तालिम
मेचीनगर । झापाको मेचीनगर–४ बाहुनडाँगीमा मानव हात्ती द्धन्द्ध न्यूनिकरणका लागि इन्डो–नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको तालिममा नेपाल भारतबाट गरि २९ जना युवाहरूले तालिममा सहभागिता रहेको छ ।
मेचीनगर नगरपालिकाको आयोजनामा आयोजित तालिमको उद्घाटन मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । मानव–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि काम गर्न गठन गरिएको र्यापिट रेसपोन्स टिम ं(आरआरटी) मा आवद्ध युवाहरूको सहभागिता रहेको छ । विशेष गरेर जंगली हात्तीको समस्या भोग्दै आएको कोशी प्रदेशका जिल्लाहरू झापा, मोरङ, सुनसरी र उदयपुरको हात्ती प्रभावित क्षेत्रहरूमा मानव–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि काम गर्दे आएका अभियन्ताहरूको पनि तालिम उद्घाटनमा उपस्थिति रहेको थियो ।

बर्दिया उज्यालो नेपालको पहल, कोशी प्रदेश पर्यटन वन वातावरण मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको तालिममा मेचीनगर–४ का वडाध्यक्ष कार्यक्रम सञ्चालक अर्जुन कार्कीले हाल सम्म हात्ती संरक्षणमा गरिएको कामहरूको विवरणहरू प्रस्तुत गरेका थिए । मानवका लागि वर्ग शत्रु ठानिएको जंगली हात्तीलाई माया गरेर उसको पनि बाच्न पाउने अधिकार सुनिश्चित गर्नको लागि बाहुन्डागी वासीले खेल्न थालेको भूमिकाका प्रदेश सरकारको लागि पनि एक रोलमोडल बन्न थालेको र मुख्य मन्त्री केदार कार्कीले मानव– हात्ती द्धन्द्ध न्यूनिकरणको लागि चासो राखेको वडाध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती, भारत सरकार अन्तरगत ग्रामीण पर्यटन क्षेत्रमा काम गर्दै आएका राज वसु, डिभिजन वन कार्यालय झापाका प्रमुख, चारआली ब्यारेकका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आरआरटीका संयोजक सरेस पौडेलले स्वागत गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
