प्याब्सन मेचीनगर : राष्ट्रिय नृत्यमा बालबाटिका स्कुल सर्बोत्कृष्ट
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा बालबाटिका इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–१३ सर्बोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
मेचीनगर–४ बाहुनडाँगीको सामुदायिक हलमा सम्पन्न साँस्कृतिक कार्यक्रममा कक्षा ८ सम्मको राष्ट्रियतर्फको नृत्यमा बालबाटिका इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–१३ सर्बोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
राष्ट्रियतर्फको नृत्यम सर्वोत्कृष्ट स्थान हासिल गरे सँगै यो विद्यालय आज र भोली दमकमा हुने जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने छ ।
‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
