बाल क्लबको अध्यक्षमा घिमिरे
नकलबन्दा । मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयमा शुक्रबार पुर्नगठित मेची बाल क्लबको अध्यक्षमा सन्देश घिमिरे चयन भएका छन् । बाल जागरण मञ्च नेपालले आयोजना गरेको बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पुर्नगठित क्लबको अध्यक्षमा घिमिरे चयन भएका हुन् ।
मेचीनगर ५ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा प्रिया ठाकुर, सचिवमा जेनिसा कटुवाल, सहसचिवमा नेहा राजवंशी र कोषाध्यक्षमा शिल्पा गुरुङलाई चयन गरेको छ । ११ सदस्यीय उक्त क्लबको सदस्यहरुमा सुजित खड्का, कविराज अछामे, पारु मगर, समिर धिमाल, सुजन राजवंशी र विनय दनुवार छन् ।
सो अवसरमा प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, प्रधानाध्यापक भरतकुमार दाहाल, क्लबका संरक्षक शिक्षक प्रकाश खड्कालगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । त्यसक्रममा प्रमुख अतिथि वडा अध्यक्ष थापाले प्रधानाध्यापक दाहाललाई विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेका शिक्षक रमेश निरौलाले जानकारी दिए । कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का सदस्य मेघराज गेलाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्पकुमार गेलाललगायत शिक्षक–शिक्षिकाको आतिथ्यता थियो ।
आयोजक मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन मञ्चका सहसचिव युवराज दाहालले गरेका थिए ।
‘बाल अधिकारका कुरा, मिलेर गरौं पूरा’ भन्ने मूल उद्घोषसहित स्थापना भई क्रियाशील रहेको मञ्चले बालबालिका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
