सहारा नेपालको नाफा ३९ करोड ८६ लाख
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको यसवर्षको नाफा ३९ करोड ८६ लाख भएको छ । शनिबार बिर्तामोडमा सम्पन्न सहाराको २७ औँ वार्षिक साधारण सभामा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले यसवर्षको नाफा ३९ करोड ८६ लाख रहेको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उनले संस्थाको सदस्य संख्या एक लाख ५७ हजार ६०६ जना पुगेको बताए । उनले कोशी प्रदेशको ११ वटा जिल्लाका ८० वटा पालिकामा संस्थाको कार्य क्षेत्र रहेको बताए । कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले शेयर पूँजी एक अर्ब ६३ करोड १४ लाख, जगेडाकोष १ अर्व २३ करोड, अन्य कोष ३७ करोड ९६ लाख, बचत १० अर्व ९५ करोड ४९ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्व २० करोड ५५ लाख, भौतिक सम्पत्ति ५० करोड ७५ लाख र बाह्य ऋण तिरिसकेको छ भने वासलात १५ अर्व ४८ करोड २९ लाख पुगेको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

संस्थाले यस आ।व। भित्र १० वटा सेवा केन्द्र थप गरी ९० वटा सेवा केन्द्र पुर्याउने लक्ष्य लिएको छ । २ लाख शेयर सदस्य र १९ अर्वको वासलात बनाउँने गिरीको दावी छ । उनले आगामी वर्ष ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
