सहारा नेपालको नाफा ३९ करोड ८६ लाख
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको यसवर्षको नाफा ३९ करोड ८६ लाख भएको छ । शनिबार बिर्तामोडमा सम्पन्न सहाराको २७ औँ वार्षिक साधारण सभामा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले यसवर्षको नाफा ३९ करोड ८६ लाख रहेको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उनले संस्थाको सदस्य संख्या एक लाख ५७ हजार ६०६ जना पुगेको बताए । उनले कोशी प्रदेशको ११ वटा जिल्लाका ८० वटा पालिकामा संस्थाको कार्य क्षेत्र रहेको बताए । कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले शेयर पूँजी एक अर्ब ६३ करोड १४ लाख, जगेडाकोष १ अर्व २३ करोड, अन्य कोष ३७ करोड ९६ लाख, बचत १० अर्व ९५ करोड ४९ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्व २० करोड ५५ लाख, भौतिक सम्पत्ति ५० करोड ७५ लाख र बाह्य ऋण तिरिसकेको छ भने वासलात १५ अर्व ४८ करोड २९ लाख पुगेको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।
संस्थाले यस आ।व। भित्र १० वटा सेवा केन्द्र थप गरी ९० वटा सेवा केन्द्र पुर्याउने लक्ष्य लिएको छ । २ लाख शेयर सदस्य र १९ अर्वको वासलात बनाउँने गिरीको दावी छ । उनले आगामी वर्ष ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेका छन् ।
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...
झापा । चाइनामा जारी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले...
मेचीनगर । मेभीनगर –७ वडा कार्यालयको आयोजना तथा...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको...