धुलाबारी महोत्सवमा आज शिव परियार आउने
धुलाबारी । धुलाबारी महोत्सवमा आज नेपाली सांगितिक क्षेत्रका चम्किलो गायक शिव परियार आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १७ औँ दिन चर्चित गायक परियार आइतबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका हुन् ।
उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् । देखे जस्तो लाग्यो, तिमी र म, तिमी हौँ सबथोक मेरो, जिउन मन छैन अधर तिम्रो नहेरी, मेरो ज्यान भन्छ्यौँ भने, हाम्रो माया एक नदीको दुई किनार लगायत आधा दर्जन गीतहरु गाउने भएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । शनिबार चर्चित कलाकार प्रमोद खरेलले दर्शकलाईसँगै नचाएका थिए ।
यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने जनाइएको छ ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
