विजय दशमीको अवसरमा बौद्धमोडमा पञ्जा लडाई प्रतियोगिता

मेचीनगर । विजय दशमीको अवसरमा झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा दोस्रो पञ्जा लडाई प्रतियोगिता २०८० सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मेचीनगर(३ का विवश पुरीले जितेका छन् । उनले ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि जितेका हुन् ।
त्यस्तै प्रतियोगितामा मेचीनगर-२ का विशाल लुङ्गेली मगर दोस्रो र मेचीनगर(३ का तुसार श्रेष्ठ तेस्रो भए । पञ्जा लडाई प्रतियोगितामा क्रमश प्रथम, द्धितिय र तृतिय हुने विवश, विशाल र तुसारले क्रमश नगद सात हजार पाँच सय, चार हजार पाँच सय र एक हजार पाँच सय प्राप्त गरे । उनीहरुलाई संविधान सभा सदस्य रविन कोइरालाले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको दोस्रो संस्करणको पञ्जा लडाई प्रतियोगिता २०८० को उद्घाटन मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले गरेका थिए । कार्यक्रममा मेचीनगर-२ का वडासदस्य बेनु राई, भृकुटी प्रहरी चौकीका प्रमुख प्रहरी हवल्दार लेखराज कालिकोटे, बौद्धमोड टोल विकास संस्था अध्यक्ष भिमनाय चौलागाईंलगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिता संयोजक मणि गोलेको अध्यक्षतामा आयोजना भएको उक्त प्रतियोगितामा औपचारीक कार्यक्रममा सञ्चालन युवा समाजसेवी डेनु मगरले गरेका थिए ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...