गोर्खा टेलरिङको ‘अल्लो-खाँडी बर्ष’ योजना
बिर्तामोड । गोर्खा टेलरिङले यो बर्षलाई ‘अल्लो-खाँडी बर्ष’ योजना अघि सारेको छ । अल्लो कोटको ब्राण्डिङ गर्ने उद्देश्यले ‘अल्लो-खाँडी बर्ष’ योजना अघि सारेको हो ।
अल्लो र खाडी लगायतका कपडा सिलाईमा ब्रान्डको रुपमा परिचय कमाएको गोर्खा टेलरिङले दसैं चाडपर्वलाई लक्षित गरेर सर्वसाधारणलाई १० प्रतिशत छुट दिने ब्यवस्था गरिएको गोर्खा टेलरिङका संचालक बिरु दर्नालले बताए । गोर्खा टेलरिङले आफ्नो ब्यवस्थापनलाई परिवर्तन समेत गरेको छ । गोर्खा टेलरिङले शनिश्चरे रोडदेखि अतिथि सदनलाईनमा ब्यवस्थापन गरेर आइतबार शुभारम्भ गरेको हो ।
बिर्तामोडमा बिगत १० वर्षयता नियमित संचालनमा आएको गोर्खा टेलरिङमा बिवाह, पार्टी तथा पुरुष र बालबालिकाका लागि खाडी–अल्लो लगायत सबै कपडाको उत्कृष्ट सिलाई गर्दै आएकोले आफ्नो ब्यवसायले राम्रो ख्याती कमाएको झापा टेलरिङ् ब्यवसायी संघको अध्यक्ष तथा नेपाल टेलरिङ ब्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका संचालक दर्नालको भनाई छ ।
गोर्खा टेलरिङ ब्यवसाय गर्नुअघी संचालक दर्नाल ९ वर्षसम्म वैदेशिक रोजगारमा रहेका थिए । त्यसपछि आफ्नो देशमै केही गरेर जीविकोपार्जनसँगै ब्यवसायिक बन्ने इच्छा जागेपछी टेलरिङ ब्यवसाय सुरु गरेको उनको भनाई छ । यो ब्यवसायबाट राम्रो दाम र ख्याती कमाएको छु, बिरुले भने,‘पहिलेको ठाउँ साघुँरो भएपछि त्यसको ब्यवस्थापनका लागि शनिश्चरे रोडको अतिथिसदन रोडमा सारेको छु । अब नयाँ ढंगले ग्राहकको अपेक्षानुसारको रोजाईका कपडा र उत्कृष्ट सिलाईको सेवा दिने तयारी गरेको छु ।’
शुद्ध खाडीको दौरा र अल्लोको कोटको विशेष ब्रान्ड गरेर ब्यवसाय अघि बढाएको छ । ११ जना कर्मचारीलाई रोजगारी दिएको उनको भनाई छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
