छड्के अनुगमनमा निस्किए मेचीनगर प्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अनुगमनलाई तिब्रता दिइरहेका छन् । नगरमा भइरहेका विकास निर्माणका योजनाहरूलाई तिब्रता दिने क्रममा आज मेचीनगर-१३ स्थित तेलिबारी उत्तर माता मन्दिर, उत्तरगंगा, आइतवारे, बाङ्गेपुल हुदै काजीमार्ग सडक कालोपत्रे तथा ड्रेन निर्माणको नगरप्रमुख बुढाथोकीले स्थलगत अनुगमन गरेका हुन् ।
मेचीनगर-१३ तेलिबारी उत्तर कालोपत्रे सडक निर्माण कार्य धमाधम हुँदै छ । १,७१,०३,१२५,१०४५ लागतमा निर्माण भइरहेको उक्त १८०० मिटर उक्त कालोपत्रे बाटोको अनुगमन गर्दै प्रमुख बुढाथोकीले ठेकेदारलाई मापदण्ड अनुसार सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
नगरको बजेटबाट धमाधम निर्माणकार्य भइरहेको उक्त योजनाको नगरप्रमुख बुढाथोकीसहित मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार तथा योजना विकास समिति संयोजक चित्र धिमाल, इन्जिनियर रोशन रिमाललगायतको टोलिले अनुगमन गरेको थियो ।
निर्माणधिन उक्त कालोपत्रे बाटो निर्माण सम्पन्न भए पश्चात आफुहरूलाई आवतजावतमा सहज हुने स्थानीय बताँउछन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
