बिर्तामोडमा खुल्यो ब्रोेस्टेड चिकेनका लागि होटल नेपाली स्वाद

बिर्तामोड । ब्रोस्टेड चिकेनका पारखीहरुलाई लक्षित गरी ३० भन्दा बढी कुखुराका परिकारसहित बिर्तामोडमा होटल नेपाली स्वाद संचालनमा आएको छ । बिर्तामोडको अधुवा पुल पश्चिम राजमार्गको उत्तरपट्टी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतले होटल नेपाली स्वाद सोमवारदेखि संचालनमा ल्याएका हुन् ।
के.एफ.सीको स्वाद दिनेगरी आफूहरुको होटलमा रु १५० देखि ३ हजार ६ सयसम्मको ब्रोस्टेड चिकेन उपलब्ध रहेको संचालक ढकालले बताए । उनले ब्रोस्टेड चिकेनसंगै ३० भन्दा बढी चिकेनका विभिन्न परिकारहरु पनि उपलब्ध रहेको जानकारी दिए । साथै खाजाका आइटमहरु बर्गर, साँधेको, सुप, बिर्यानी, फ्राइराइस, पिजा, चिया र कफी जस्ता परिकारहरु पनि पाइने संचालकको ढकालको भनाई छ ।
ग्राहकको रोजाइ अनुसार स्वादिष्ट परिकार बनाउनका लागि करिव २० वर्षदेखि अनुभवी सर्टिफाइड कुक ल्याएको अर्का संचालक सी.एन. दुलालले बताए । उनले अहिले फोनबाट अर्डर लिने व्यवस्था गरिएको बताउँदै केही दिनपछि अनलाइन डेलिभरी गरिने जानकारी दिए । करिव २० लाख रुपैयाँको लागतमा सो होटल संचालनमा ल्याएको संचालकहरुले बताएका छन् । उद्घाटन र दशैको अवसरमा छुटको समेत व्यवस्था गरिएको उनीहरुको भनाई छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...