मेचीनगर-७ : जेष्ठ नागरिकका लागि चौतारीसहित हल बन्ने
मेचीनगर । झापा मेचीनगर-७ का अध्यक्ष प्रल्लादमणी ओलीले जेष्ठ नागरिकका लागि चौतारीसहित हलको ब्यवस्थापन गर्ने योजना बनाएको बताएका छन् । जेष्ठ नागरिक समाज मेचीनगर-७ ले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले २ कट्टा जमिनमा ब्यवस्थापन गर्ने बताएका हुन् ।
जेष्ठ नागरिकको चौतर्फी बिकास तथा हितका लागि वडाले सार्वजनिक जमिनको तय गरेर चौतारीसहितको हलको ब्यवस्थापनलाई ध्यान दिएको जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले देशका युवा शक्ति बिदेशमा बुढाबुढीलाई स्याहार गर्न जादा आफ्ना आमाबुबा एक्लिएकाले परिवार नै बिचलन हुने खतरा बढेको बताए ।
जेष्ठ नागरिक समाज मेचीनगरका उपाध्यक्ष हिम्मत क्षेत्रीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा रास्वपा मेचीनगर-७ का अध्यक्ष दिपेश तिवारी, क्षेत्रीय प्रतिनिधि भेषराज ओली, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, जेष्ठ नगरिक समितिका पुर्वसचीव लेखनाथ धिताल, गृहलक्ष्मी सहाकरी संस्था इटाभट्टा सेवा केन्द्रकी प्रमुख निरु माझीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा जेष्ठ नागरिक छुट सुबिधा उपलब्ध नगराएको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्न समितिलाई आग्रह गरेका थिए ।
जेष्ठ नागरिक मेचीनगर-७ का अध्यक्ष पिताम्बर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा आजिवन सदस्यलाई प्रमाणपत्र बितरण गरिएको थियोे । प्रेमराज गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमर परियारले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
