मागुरमाडी वन समूहका पूर्व अध्यक्षहरु सम्मानित
धुलाबारी । मेचीनगरको पर्यटकीय सिमसार रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २८ औं वार्षिक साधारण सभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
समूहको विहीवार सिमसार परिसरमा आयोजित साधारण सभामा संस्थापक अध्यक्ष कर्णबहादुर राई, रुद्रप्रसाद पोखरेल, जीवन पौडेल, गोविन्द थापा, भक्तिप्रसाद आचार्य र बमबहादुर बेघालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । समूह सञ्चालनमा एक वा दुई कार्यकालसम्म रहेर योगदान पुर्याएवापत उनीहरुलाई सम्मान गरिएको हो ।
यस्तै, समूहलाई हरसमय सहयोग पुर्याउने उपभोक्ता संगीता थापालाई पनि सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको पूर्व केन्द्रीय सदस्यसमेत रहेकी थापाले विभिन्न कालखण्डमा समूह सञ्चालनमा सकारात्मक भूमिका निर्वाह गर्दै आएकी छन् । यस्तै, पूर्व कर्मचारी चन्द्रबहादुर बस्नेतालाईसमेत सम्मान गरिएको छ ।
वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा तथा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव–डिभिजनका डिल्लीप्रसाद पोखरेल, सम्मानित व्यक्ति संगीता थापा, वन समूहका पूर्व अध्यक्ष बमबहादुर बेघा, थोप्लेविरान सावका अध्यक्ष कृष्णप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव तीर्थराज खड्काले गरेका थिए । बन्दसत्रमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
