मागुरमाडी वन समूहका पूर्व अध्यक्षहरु सम्मानित

धुलाबारी । मेचीनगरको पर्यटकीय सिमसार रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २८ औं वार्षिक साधारण सभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
समूहको विहीवार सिमसार परिसरमा आयोजित साधारण सभामा संस्थापक अध्यक्ष कर्णबहादुर राई, रुद्रप्रसाद पोखरेल, जीवन पौडेल, गोविन्द थापा, भक्तिप्रसाद आचार्य र बमबहादुर बेघालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । समूह सञ्चालनमा एक वा दुई कार्यकालसम्म रहेर योगदान पुर्याएवापत उनीहरुलाई सम्मान गरिएको हो ।
यस्तै, समूहलाई हरसमय सहयोग पुर्याउने उपभोक्ता संगीता थापालाई पनि सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको पूर्व केन्द्रीय सदस्यसमेत रहेकी थापाले विभिन्न कालखण्डमा समूह सञ्चालनमा सकारात्मक भूमिका निर्वाह गर्दै आएकी छन् । यस्तै, पूर्व कर्मचारी चन्द्रबहादुर बस्नेतालाईसमेत सम्मान गरिएको छ ।
वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा तथा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव–डिभिजनका डिल्लीप्रसाद पोखरेल, सम्मानित व्यक्ति संगीता थापा, वन समूहका पूर्व अध्यक्ष बमबहादुर बेघा, थोप्लेविरान सावका अध्यक्ष कृष्णप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव तीर्थराज खड्काले गरेका थिए । बन्दसत्रमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...