एनएमसीका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोड स्थित कनकाई अस्पतालमा निधन भएको हो ।
उपचारकै क्रममा राति १०ः३० वजे अस्पतालमा निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार ४ दिनअघि बुबालाई ज्वरो आएको थियो । हिजो राति ९ वजे अलिक सारो भएको महशुस गरेपछि कनकाई अस्पताल लगिएको थियो । ज्वरो आइरहेको थियो । युरिन इन्फेक्सनको समस्या थियो । प्रेसर पनि डाउन भएपछि राति साढे १० वजे निधन भएको परिवारको भनाई छ ।
स्व.टीकाप्रसादका दुई श्रीमति मध्ये मनमायाको यसअघि नै निधन भइसकेको छ । अर्की श्रीमति नरमाया, ४ जना छोरावुहारीहरुमा यज्ञ–भगवती, ठाकुर–हेमा, रामजी–सरस्वती र जीवन–जुना शिवाकोटी छन् ।
त्यस्तै ३ जना छोरीज्वाईहरुमा जानुका–विष्णु चापागाई, लक्ष्मी–दुर्गा संग्रौला र अविवाहित छोरी मेनुका शिवाकोटी छन् । ठाकुर शिवाकोटी एनएमसीका अध्यक्ष हुन् भने विभिन्न सामाजिक संघ–संस्थामा आवद्व छन् ।
स्व.टीकाप्रसादको पार्थिव शरिरलाई आज (विहीबार) विहान ८ः३० वजे स्थानीय मेची नदीमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
