चिटिक्क पारियो मागुरमाडी पर्यटकीय सिमसार
धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ मेचीनगर–९ द्वारा सञ्चालित ‘मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्र’को सरसफाई गरी चिटिक्क पारिएको छ ।
उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाई गरिएको हो । सिमसार क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सरसफाई गरिएको वन समूहका अध्यक्ष अमर लिम्बूले बताए । उपभोक्ताले एकैसाथ सिमसार क्षेत्र सफाइ गरेका हुन् । मागुरमाडी सिमसार भौतिक संरचना निर्माणसँगै सञ्चालनमा आइसकेको छ । यद्यपि बजेट अभावका कारण पूर्णरुपमा संरचनाहरु निर्माण हुन सकेको छैन ।
पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण गरिएको छ । अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक प्रकृतिको रहेको छ । सिमसार क्षेत्रमा क्रंक्रिट सामाग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामाग्री बढी प्रयोग गरी निर्माण गरिएको छ ।
मुख्य राजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसवारी पर्यटकीय क्षेत्रको उत्तरतर्फ पर्दछ । मागुरमाडी सिमसार क्षेत्र पर्यटकका लागि लोपोन्मुख किसान जातिको कला, संस्कृति अध्ययनको विषय समेत बन्ने वन समूहकी सचिव कमला गौतमले बताइन् । किसान जातिको बसोबास सबैभन्दा बढी मागुरमाडी क्षेत्रमै पर्छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
