धुलाबारी प्रहरी : चार लाख बढीको अबैध कस्मेटिक सामान पक्राउ
मेचीनगर। भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्र्याइएको मामा अर्थ ब्रान्डका कस्मेटिक सामानहरु धुलाबारी प्रहरीले पक्राउ गरेको छ। बरामद गरिएको सामानहरुमा उक्त ब्रान्डका फेसवास, मोइस्चराइज क्रिम, सनस्क्रिन क्रिम लगायतका सामग्री रहेको छ।
हिजो राति ८ बजेको समयमा मेचिनगर नगरपालिका वडा नं।१५ स्थित बिचार्ने चोकमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
उक्त बरामद गरिएको सामानको बजार मुल्य अं.मु.रु.४,०५,०२७।- बराबरको विभिन्न किसिमको कस्मेटिक सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेचि भन्सार कार्यालय काकँरभिट्टा झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

