बेलायतको केन्ट काउन्टि प्रदेशसभालाई मेचीनगर प्रमुख बुढाथोकीको सम्बोधन
बेलायत । बेलायत भ्रमणमा रहेका मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सोमबार बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन गरेका छन् । नगरप्रमुख बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेतीसहितकोवा नेपाली प्रतिनिधि मण्डललाई सम्बोधन अघि केन्ट काउन्टि प्रदेश प्रमुखले स्वागतसहित सम्मान गरेका थिए ।
सम्बोधका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फोक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक धनकिरण गुरूङलगायत बेलायत देश बेलायतका नागरिकप्रति धन्यवाद ज्ञापन गरेका थिए।
उनले यो भगिनी सम्बन्ध यी दुई पालिकाबीच मात्र नभएर नेपाल र बेलायत तथा दुई देशका नागरिकबीच भएको स्पष्ट पार्दै यो सम्बधले दुई देश र यी देशका नागरिकबीच परस्पर एकताको सुत्रमा बाध्ने विश्वास व्यक्त गरे । अब यो भगिनी सम्बन्धलाई अझ प्रगाढ र उच्च शिखरमा पुर्याउन सवैको साथ सहयोग र समन्वयको खाचो नगर प्रमुख बुढाथोकीले बताए । सम्बोधनका क्रममा नगरप्रमुख बुढाथोकीलाई केन्ट काउन्टि प्रदेशको प्रदेश प्रमुख बस्ने कुर्सी आसनकालागि प्रदान गरिएको द गोर्खा मेमोरियल फाउन्डेसन युकेका संस्थापक अध्यक्ष समेत रहनुभएका संयोजक धनकिरण गुरूङले जानकारी दिए ।
नगर प्रमुख , उपप्रमुखसहित ७ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायतको फोक्सटन टाउन काउन्सिल र द गोर्खा मेमोरियल फाउण्डेशन बेलायतको ओैपचारिक निमन्त्रणामा बेलायत पुगेको छ । नोभेम्वर ८ तारीख नेपाल फर्किने योजना रहेको र यस अबधिमा उनीहरू विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
