एकैदिनमा वडाध्यक्ष कार्कीले बाँडे ८८५ थान सुधारिएको चुलो, खुसीले गदगद स्थानीय
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर (४ ले आज एकैदिन वडावासीलाई ८८५ थान सुधारिएको चुलो वितरण गरेको छ। स्थानीय युवाहरु अमर मेचे र सन्तोष मेचेको पहलमा वातावरण मैत्री संस्था ईपीसी नेपाल नामक संस्थाले ९०० थान चुलो उपलब्ध गराएको र सोमवार वडाका अध्यक्ष अर्जुनकुमार कार्कीले आफ्ना वडाका बासिन्दालाई सहुलियतपुर्ण सुधारिएको चुलो वितरण गरेका हुन्,।
उक्त चुलो प्राप्त गर्नका लागि अनिवार्य नागरिकताको फोटो कपि र फोन नम्बर सहित प्रति व्यक्ति रु. २००/- अनिवार्य बुझाउनु पर्ने नियम बनाइएको थियोे । बजार मुल्य ५५००/- रुपैयाँ पर्ने उक्त चुलो वडाले आफ्ना बासिन्दालाई सहुलियत दरमा उपलब्ध गराएको हो । सहुलियत दरमा वडाले सुधारिएको चुलो उपलब्ध गराएपछि खुसी हुँदै स्थानीय बासिन्दा कृष्णचन्द्र नेपालले वडा सरकारलाई धन्यवाद दिँदै भने,- ‘सुधारिएको चुलोले ग्यासको खपत कम गर्ने, खेर गएको दाउराहरु सदुपयोग हुने र सजिलो पनि हुने भयो, हामी एकदमै खुसी छौँ ।’
चुलो वितरण पश्चात्, हरेक घरले अगेना चुलोमा आगो बाल्दा प्लास्टिक जलाउने र त्यसबाट हुने प्रदुषण स्वतस् घट्ने, खेर गएका दाउराको सदुपयोग भइ ग्यासको प्रयोग घट्ने फलस्वरूप उपभोक्तालाई वातावरण र आर्थिक फाइदा समेत पुग्ने विश्वास लिएको वडाध्यक्ष अर्जुनकुमार कार्की बताउँछन्,।
चुलो वितरण गर्दै वडाध्यक्ष कार्कीले चुलो उपलब्ध गराउन सहजकर्ताको भुमिका खेलेका वातावरण मैत्री संस्था ईपीसी नेपालका झापा जिल्ला संयोजक अमर मेचे र स्थानीय समाजसेवी युवा सन्तोष मेचे, सामान व्यवस्थापनका लागि सहयोग गर्ने स्थानीयहरु लगायतलाई विशेष धन्यवाद व्यक्त गरे।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

